
शनिवार , बैशाख १६, २०८०
काठमाडौं,१६ वैशाख ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आइतबार स्वदेश फर्किने भएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार उनी नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।
अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नेछन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij