images

सोमवार, बैशाख १७ गते २०८१

एमाले सिद्धार्थनगर–६ द्वारा खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान

एमाले सिद्धार्थनगर–६ द्वारा खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान

images
images
images
शनिवार, बैशाख १६ २०८०
शनिवार, बैशाख १६ २०८०
  • एमाले सिद्धार्थनगर–६ द्वारा खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान

    भैरहवा, १६ वैशाख ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी–६, सिद्धार्थनगर, रुपन्देहीले शुक्रबार भैरहवामा खेलाडी सम्मान तथा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

    images

    एमालेले सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा चैत २२ देखि २५ गतेसम्म भैरहवामा भएको नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको विजेता टीम सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का खेलाडीहरुलाई सम्मान गरेको वडा कमिटी उपसचिव तथा कार्यक्रम संयोजक आनन्द प्रसाद न्यौपानेले बताए ।

    त्यस्तै एमालेले पार्टीका पूराना नेता तथा कार्यकर्ताहरुलाई पनि सम्मान गरेको छ । विगत लामो समयदेखि पार्टीमा रहेर योगदान पुर्याउनुभएका सिद्धार्थनगर–६ का दामोदर उप्रेती, सुख्खु गुप्ता, कमल प्रसाद खनाल, कतवारी बढई, राम विलास तिवारी, अरबुन निशा, सन्तमाया गुरुङ, पवित्रादेवी पौडेल, सुक बहादुर आले र बैजनाथ मालीलाई सम्मान गरिएको वडा कमिटी उपसचिव तथा कार्यक्रम संयोजक अनिता थापाले बताइन् ।

    IMG_6214.JPG

    कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र के.सी.ले मिसन गासरुट अभियानले पार्टीलाई अझ चलायमान बनाएको बताए । उनले एमाले मुलुकको प्रमुख पार्टी भएकाले कसैले कमजोर बनाएर कमजोर नहुने दावी गरे । उनले भने, ‘विगतको निर्वाचनमा एमालेले एक्लै प्रतिष्पर्धा गर्दा पनि मुलुकमा शानदार ढंगले उपस्थिति जनाएको छ ।’ उनले एमाले र खेलाडीबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताए । उनले खेलाडीको मनोबल बढाउन एमालेले भूमिका निर्वाह गर्दै आएको बताए । अध्यक्ष के.सी.ले आगामी निर्वाचनमा एमाले सिद्धार्थनगर–६ मा पहिलो पार्टी बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

    एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले एमाले जनताको पार्टी भएको बताए । उनले दुई महिनासम्म सञ्चालन भएको मिसन ग्रासरुट अभियान सिद्धार्थनगर–६ मा सफलतापूर्वक सम्पन्न भएको बताए ।

    पार्टीका सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाले वडा नम्बर ६ टीमले मेयर कपको उपाधि जित्न सफल भएको बताए । उनले खेल क्षेत्रको विकासका लागि एमाले अघि बढिरहेको बताए ।

    राष्ट्रिय युवा संघ नेपाल, सिद्धार्थनगरका अध्यक्ष कृष्ण मल्ल ठकुरीले एमाले सिद्धार्थनगर–६ वडा कमिटीले गरेको कार्यक्रमले खेलाडीको मनोबल बढ्ने विश्वास व्यक्त गरे ।

    एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले मेयर कप–२०७९ को उपाधि सिद्धार्थनगर–६ को टीमले जित्दा गर्वको अनुभुति भएको बताए । उनले आगामी वर्षमा हुने मेयर कप पुरस्कारको राशी बढाउनुपर्ने बताए । उनले भने,‘ खेलाडीलाई प्रोत्साहन गर्नुपर्छ । ’

    विजेता खेलाडी टीमकोतर्फबाट बोल्दै खेलाडी सन्त कुमार कुर्मीले सम्पूर्ण टीमको अथक प्रयासले मेयर कपको उपाधि जित्न सफल भएको बताए । उनले सम्मान गर्ने एमाले वडा नम्बर ६ कमिटीलाई धन्यवाद दिए ।

    एमाले सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताको अध्यक्षता, पार्टीका रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.को प्रमुख आतिथ्यता, वडा कमिटी उपाध्यक्ष राम प्रसाद श्रेष्ठको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य विश्वराज बराल (अनुप), जिल्ला सचिव यज्ञ गैरे, जिल्ला सदस्य गोविन्द ज्ञवाली, सीता काफ्ले, नगर कमिटी उपसचिव माया कंडेल, नगर कमिटी सदस्य लता पोखरेल, मोहम्मद अकिल मुसलमान, मदन भण्डारी स्पोर्टस् एकेडेमी रुपन्देहीकी अध्यक्ष सरिता राना, राष्ट्रिय युवा संघ रुपन्देहीका सदस्य विशाल श्रेष्ठ, सिद्धार्थनगर उपाध्यक्ष प्रविन आचार्य, सिर्जना जोशी, वडा नम्बर ६ टीमका प्रशिक्षक राजेश चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij