२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनीका मुख्यमन्त्री चौधरीले वैशाख १८ मा विश्वासको मत लिने

शुक्रवार , बैशाख १५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • रुपन्देही, १५ वैशाख । 
    लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण गरेसँगै शुक्रबार दाङ देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् । उनले लगत्तै मन्त्रिपरिषदको पहिलो बैठकबाट वैशाख १८ गते सोमबार विश्वासको मत लिने निर्णय गराएका छन् ।

    मन्त्रीपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको मन्त्री सन्तोष कुमार पाण्डेयले जानकारी दिए ।

    बैठकले लुम्बिनी प्रदेशलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, स्थानीय उत्पादनको बजारीकरण गरेर रोजगारी सृजना गर्ने, प्रदेश सरकारलाई घरघरसम्म पुर्याउने गरी कार्यक्रम निर्माण गर्ने निर्णय गरेको मन्त्री पाण्डेयले बताए ।