
शुक्रवार , बैशाख १५, २०८०
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा राप्रपा बागमति प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले श्रोत साधनको अभावका कारण बिकास आयोजनाहरु सुस्त रहेको , ऋण उठाएर चालू खर्च चलाउनुपरेको अवस्थामा अहिले राज्य स्रोतमा हातहाल्न पाउने बितिकै ब्रह्मलुट मच्चाउने प्रवृति देखा परेको बताएका हुन् ।
अहिलेको अवस्थामा राष्ट्रपतिको औषधी उपचारका लागि विदेशयात्रा जानु काम भएको र अयोग्य लडाकुलाई रकम दिने तयारी गरिएको भन्दै त्यसलाइ रोक्न राप्रपा जस्तो दलहरु मजबुद हुनुपर्ने उनले बताए । लिङ्देनले प्रारम्भदेखि नै उपनिर्वाचनलाई प्राथमिकतामा नराखेका कारण मत परिणामले आत्तिनुपर्ने कुनै कारण नभएपनि जनताले विकल्पको खोजी गरेको सन्देश दिएको बताए ।
उनले यसअघि सरकारको नेतृत्व गरेकाले नै प्रतिवद्धता बिपरितको काम गरेकाले सरकार छाडेको स्पष्ट पार्दै सरकारमा बसेका समयमा राप्रपाका मन्त्रीहरुले गरेको कामका कारण लजाउनुपर्ने र शिर झुकाउनुपर्ने अवस्था नआउने जिकिर गरे । त्यस्तै उहाले भागबण्डा गरेर र पहिलेको अवस्था फर्काएर पार्टीलाई समाप्त पार्ने छुट आफुलाई नभएको स्पष्ट पारे ।
लिङ्देनले पार्टीमा बसेर पार्टीलाई नै भोट दिन सकिदैन भने पार्टी छाडेर सघाउन सुझाव दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij