२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

विष्णु पौडेलको प्रश्न : केपी ओलीमाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको ?

शुक्रवार , बैशाख १५, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १५ वैशाख । 
    नेकपा एमाले सांसद विष्णु प्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित आफ्ना नेताहरुमाथि भएको आक्रमणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् । 

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले १३ वैशाखमा झापामा ओलीसहित सुवास नेम्वाङसहित एमालेका नेतामाथि आक्रमण भएको विषयमा गृहमन्त्रीको जवाफप्रति चित्त बुझाउन नसकिएको भन्दै प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरे । अध्यक्ष ओली पाँचथरमा रहेका र त्यहाँको शान्ति सुरक्षा राम्रो नभएकाले कुनै अप्रिय घटना भए सरकारलाई महंगो पर्ने उनले चेतावनी दिए । 

    झापामा ओलीमाथि भएको सांघातिक आक्रमणको प्रयासमा सत्तारुढ दलका कार्यकर्ताको संलग्नता रहेको सूचना आएको भन्दै उनले भने, ‘अध्यक्ष ओली र एमालेका नेतामाथि आक्रमण गरेर सरकारले के गर्न खोजेको हो ?’

    नेतामात्र होइन आम नागरिकमाथि आक्रमण भएको र हत्या भएको भन्दै उनले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको हो भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरे । 

    दिनदहाडै कपनमा पसलमै निरा पाण्डे आचार्यको हत्या भएको र हत्यारा पत्ता लगाउन नसकेको भन्दै उनले देशभर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको बताए ।