२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

शुक्रवार , बैशाख १५, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, १५ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र ३ जना मन्त्रीले शुक्रबार सपथ लिएका छन्।

    नेपाली काङ्ग्रेस संसदिय दलका नेता मुख्यमन्त्री चौधरीसहित नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्की, लोसपाका सन्तोष कुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री पहिलो चरणमा मन्त्री बनेका हुन्।

    बुटवलस्थित लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

    मुख्यमन्त्री चौधरी दाङ ३(१) बाट निर्वाचित भएका थिए ।

    मास्की दाङको निर्वाचन क्षेत्र नम्बर ३ (२), पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) र चौधरी बर्दिया २ (२) प्रदेश सभा क्षेत्र २ बाट गत मंसिर ४ गते भएको निर्वाचनमा निर्वाचित भएका थिए ।

    तीनै जना मन्त्रीहरुले बिनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

    343725023_698303758628025_621738116847583749_n.jpg
    सपथ ग्रहण गर्दै मन्त्रीहरु