२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनीकाे मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

बिहिवार , बैशाख १४, २०८०

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा चाैधरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन रहेको छ ।