२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरीको दाबी

बिहिवार , बैशाख १४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १४ बैशाख । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन् । प्रदेश प्रमुख शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

    चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा दाबी पेस गरेका छन् ।