२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

लुम्बिनी प्रदेश सरकारका लागि आज दावी पेश गरिदै

बिहिवार , बैशाख १४, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • दाङ, १४ वैशाख ।

    लुम्बिनी प्रदेशमा आज नयाँ सरकारका लागि दावी पेश गरिदैछ । मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि लुम्बिनी सरकारको नेतृत्वका लागि आज दावी पेश गरिन लागिएको हो ।

    प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न २०८० वैशाख १४ गते बिहीवार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएअनुसार आज राजनीतिक दलहरुले दावी पेश गर्न लागेका हुन । मुख्यमन्त्री शेरचनले गत मंगलबार सो सुचना जारी गरेर दावी पेश गर्न भनेका हुन । 

    नयाँ सरकारका लागि सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस दुवैले दावी गरेका छन् । तर, कस्को नेतृत्वमा सरकार गठन हुने हो ? त्यो भने अझै टुंगो लागेको छैनन ।

    एक महिना अघि  भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुनः उपधारा २ बमोजिम नै सरकार गठन हुनुपर्ने दावी पेश गरेका थिए । यद्दपी दुवै दलका नेताले सहमतिमा नै सरकार गठनका लागि दावी पेश गर्ने जनाउँदै आएका छन् ।