२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

केपी ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्ने पक्राउ परिसकेः गृहमन्त्री श्रेष्ठ

बुधवार , बैशाख १३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन् ।

    झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो । उक्त प्रदर्शन सत्तापक्षकै कार्यकर्ताबाट भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताएपछि गृहमन्त्री श्रेष्ठले  कोशी नामकरणको विरोध उत्रिएकाहरुबाट सो कार्य भएको जवाफ दिएका हुन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री श्रेष्ठले ओलीमाथि भएको आक्रमण हुनु दुखद् भएको भन्दै सो कार्यमा संलग्नमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको बताएका हुन् ।

    सो घटनाप्रति सरकारको तर्फबाट दुःख व्यक्त गर्दै निन्दा गर्दै उनले अराजक गतिविधि गर्न कसैलाई छुट दिन नसकिने चेतावनी दिए । उनले सो घटनामा दुईजना सुरक्षाकर्मी घाइते भएको बताए ।