
बुधवार , बैशाख १३, २०८०
काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल थालेका छन् ।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सदनको अधिवेशन अन्त्य गर्ने विषयमा छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष तिमिल्सिनाबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पारित गरेर संसद अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको हो । साथै सो भेटमा प्रधानमन्त्री प्रचण्डलाई अध्यक्ष तिमिल्सिनाले आफ्नो रूसको संघीय संसद उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणबारे जानकारी गराए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij