२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद

बुधवार , बैशाख १३, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • चितवन, १३ बैशाख ।  भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन् ।

    पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटवाट नियन्त्रणमा लिइएको हो ।

    जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतवाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको छ ।

    नियन्त्रण लिईएको ट्रकवाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ ।

    उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय ,बुटवलमा पठाइएको छ ।