२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

बुधवार , बैशाख १३, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १३ वैशाख । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ वाट विजयी उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिएका छन् । 
    गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बारा–२ वाट विजयी जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवलाई राउतले बधाई दिएका हुन् । 

    ‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं– २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले सामाजिक सञ्जालवाट बधाई दिदै भनेका छन, ‘जनमत पार्टीलाई मतदान गर्नुहुने र अगाध माया दिनु हुने सम्पूर्णमा कोटिकोटि प्रणाम ।’ 

    बारा–२ मा जसपा नेपाल र जनमत पार्टी मुख्य प्रतिष्पर्धीका रुपमा देखिएका थिए । जसपाका यादव २८ हजार ४१५ मतले बिजयी भए भने जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहा २३ हजार ३३४ मतसहित दोस्रो स्थानमा रहन पुगे ।