२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

उपनिर्वाचनले कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको छः मिनेन्द्र रिजाल

बुधवार , बैशाख १३, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १३ बैशाख । पुर्व मन्त्री मिनेन्द्र रिजालले उपनिर्वाचनले नेपाली कांग्रेसलाइ चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दिएको बताएका छन ।

    बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कुनै पनि क्षेत्रमा कांग्रेसले  बिजयी हासिल नगरे पछि कांग्रेस नेता रिजालले पार्टीकाे चरित्र र गतिशिलता पुनस्थपित गर्नुपर्ने सन्देश जनाएका हुन ।

    ‘सम्पन्न उपनिर्वाचनमा रास्वपा नेता रवि लामिछाने र डा. स्वर्णिम वाग्लेलाई प्रत्यय प्रद विजय, जसपा नेता उपेन्द्र यादवलाई प्राप्त सफलताकालागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन, ‘हाम्रा लागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’