२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

बारा–२ बाट उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले विजयी

बुधवार , बैशाख १३, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • बारा, १३ वैशाख । 
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन ।

    निर्वाचन आयोगका अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिष्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए ।

    त्यसै गरी, तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् ।

    प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवाली भने २ हजार ७ सय ३८ मतमा सीमित भएका छन् ।