२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

बुधवार , बैशाख १३, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, १३ वैशाख । 
    लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेका हुन् ।

    नेकपा (एमाले) संसदीय दलका नेता गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा अन्योल देखिएको थियो । संविधानको धारा १६८ को उपधारा २ कि ३ मा जाने भन्ने विषयमा अन्योल देखिएपछि प्रदेशका प्रमुख अमिक शेरचनले यसबारे छलफल सुरु गरेका थिए । शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरेर लिखित राय नै मागेका थिए ।

    प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम २ भन्दा बढी दलहरुको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठन गर्न २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दावी पेश गर्न आह्वान गरिएको छ ।

    योसँगै यसअघि ५३ जना सांसद्ले मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीको नाममा हस्ताक्षर बुझाइसकेकाले उनी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । कांग्रेस पहिलोपटक लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा जाने भएको हो ।