
मंगलवार , बैशाख १२, २०८०
भैरहवा, १२ वैशाख ।
लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सन्तोष कुमार पाण्डेयले प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा ८ लाख ३६ हजार ५ सय रुपैयाँ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
उम्मेदवारी दर्तामा रु. ५ हजार, मतदाता नामावली खरीदमा रु. १ हजार ५ सय, इन्धनमा रु. २ लाख ५० हजार, पर्चा पम्लेट छपाई रु. ५० हजार, सवारीसाधन प्रयोगमा रु. ७५ हजार, सामाजिक संजाल प्रयोगमा रु. ५ हजार, कार्यकर्ता परिचालनमा रु. २ लाख र विविध (चिया खाना) मा रु. २ लाख ५० हजार खर्च भएको नेता पाण्डेयले जानकारी दिए ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का उम्मेदवार पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी लोसपा लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij