२०८३, भाद्र २२ गते

Sep 07 2026 | २०८३, भाद्र २२ गते

एमाले ‘मिसन ग्रास रुट’ : सिद्धार्थनगर–१२ मा विभिन्न टोल कमिटी गठन

मंगलवार , बैशाख १२, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा, १२ वैशाख ।
    नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ कमिटीले पार्टीको ‘मिसन ग्रास रुट’ अभियान अन्तर्गत विभिन्न टोल कमिटी गठन गरेको छ । वडा नम्बर १२ मा सोमबार आवारोड कालिकापथ, जनतापथ र रुद्रपथ, जनकपथ, डाडागाउँ टोल कमिटी गठन गरिएको एमाले सिद्धार्थनगरका विद्यार्थी इञ्चार्ज तथा युवा नेता सरोज ठकुरीले बताए ।

    वडा कमिटी अध्यक्ष शुशिल कुंवरको अध्यक्षता, लुम्बिनी प्रदेश सल्लाहकार कुलानन्द ज्ञवालीको प्रमुख आतिथ्यता, नेता कृष्ण नेपालको विशिष्ट आतिथ्यता, लक्ष्मण ज्ञवाली, डिल्लीराज भट्टराई, कुमार गुरुङ, कृष्ण घिमिरे, दुर्गा पनेरु, सरोज ठकुरी, इमान सिंह, हिताङ्गा लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा कमिटी सह–सचिव सीता वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।