२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवनको शिलान्यास

मंगलवार , बैशाख १२, २०८०

भैरहवा, १२ वैशाख ।
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ पकडिहवास्थित श्री भविष्य उज्जवल आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण हुने भएको छ । भवनको मंगलबार रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर ४ का वडाअध्यक्ष तारानाथ यादवले शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले शिक्षा क्षेत्रको विकासले मुलुकको विकास हुने भएकाले यो क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा परेको योजनाअन्तर्गत रु. २२ लाख ५० हजार लागतमा बन्ने भवनको मंगलबार शिलान्यास भएको विद्यालयका प्रधानाध्यापक धनेश्वर कँवरले बताए । २०५७ सालमा स्थापना भएको विद्यालयमा हाल ३८५ जना विद्यार्थी अध्ययनरत रहेको कँवरले जानकारी दिए । 

शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशचन्द्र थारु, समाजसेवी कान्छा कोहार, स्थानीयलगायतको उपस्थिति रहेका थियो ।