२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

मंगलवार , बैशाख १२, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १२ खारेज । ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद रिक्त भएको जानकारी गराउने कार्यसूचीमा उल्लेख छ ।

    एक व्यापारीसँग दुई करोड माग गरेको अडिओ सार्वजनिक भएपछि उनी संलग्न पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पद खारेज गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरेको थियो ।

    अहिले प्रतिनिधिसभा बैठक बसिरहेकाे छ ।साेही बैठकमा उनकाे पद रिक्त रहेकाे सभामुख घिमिरेले जानकारी गराउन लागेका हुन् । 

    newskarkahna-news497090..jpg