२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

कांग्रेस संसदीय दलको बैठक बस्दै, आगामी बजेटबारे छलफल हुने

मंगलवार , बैशाख १२, २०८०

  • 919
    Shares
  • 919
    Shares
  • काठमाडौं, १२ वैशाख । 
    नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बानेश्वरस्थित संसद भवनमा आज पनि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठक १० बजेका लागि बोलाइएको छ ।

    मुख्यतः बजेटको बिषयमा छलफल गर्नका लागि कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठक हिजोदेखि सुरु भएको हो ।

    पहिलो दिनको बैठकमा सभापति शेरबहादुर देउवालगायतले बोले पनि बैठकमा धारणा राख्नका लागि अझै पनि सांसद बाँकी रहेपछि आज पनि बैठक बोलाइएको हो । आर्थिक बर्ष २०८०/८१ को बजेट आगामी जेठ १५ गते घोषणा हुँदैछ ।