२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

२०७२ सालको शक्तिशाली भूकम्पको आठ वर्ष पूरा

मंगलवार , बैशाख १२, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १२ वैशाख । 
    मंगलबार २०७२ सालको भूकम्पको आठ वर्ष पूरा भएको छ । वैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको थियो । 

    राष्ट्रिय योजना आयोगको अगुवाइमा संकलन गरेको तथ्यांकअनुसार सो भूकम्पबाट ८ हजार ८ सय ९१ जनाभन्दा बढीले ज्यान गुमाएका थिए भने २२ हजार ३ सय भन्दा बढी घाइते भएका थिए ।

    भूकम्पका ३५ लाख मानिसहरू घरबारविहीन भएका थिए । सो भूकम्पबाट खलढुङगा, दोलखा, रामेछाप, सिन्धुपालचोक, काभ्रेपलान्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर अतिप्रभावित भएका थिए भने कम प्रभावित जिल्लामा संखुवासभा, भोजपुर, धनकुटा, खोटाङग, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, वाग्लुङग, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वीनवलपरासी, पश्चिम नवलपरासी रहेका छन् ।

    तर, राज्यले भूकम्पपीडितको बासस्थानलाई खर्च गरेको बताए पनि अझै पीडितहरुले सुरक्षित बास पाएका छैनन् भने घाइतेहरुको अवस्था दयनीय छ ।