२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

संसदीय समितिको भागबन्डा टुंगियो, एमालेलाई लेखासहित तीनवटा समिति

सोमवार , बैशाख ११, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमााडौं, १२ बैशाख । नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । 

    सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो । 

    जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको भागमा परेको छ । नयाँ सहमतिसँगै संसदीय समिति गठनको प्रक्रिया सुरु हुने भएको छ । 

    यसैगरी, सत्य निरुपण तथा मेलमिलाप आयोगको बिबादलाई टुंग्याउनका लागि बिशेष समिति गठन गर्नेमा पनि प्रमुख दल सहमत भएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित उपस्थित बैठकले सो निर्णय गरेको एमाले सांसद पदम गिरीले जानकारी दिए ।