२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

लुम्बिनीका मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकार ढल्यो

सोमवार , बैशाख ११, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज दोस्रो पटक विश्वासको मत लिएका छन । यस अघि सात दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीलाई माओवादी  लगायतका दलले दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

    गत चैत १२ मा विश्वासको मत फिर्ता लिएका थिए ।  सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ ।  पुस २७ गते गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    सोमवार लिएको विश्वासको मतमा गिरीको पक्षमा ३३ र विपक्षमा ५३ मत खसेको छ ।  मत विभाजन पछि सभामुख तुलाराम घर्तीले मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेको संसदलाई जानकारी गराएका छन ।

    सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछी सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढलेको हो । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसद मात्रै पक्षमा मतदान गरेका छन । बाँकी नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, नागरिक उन्मुक्ति पार्टी  ४, जसपा, लोसपा, जनमत ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १र१, स्वतन्त्र १ गरि ५३ जना सांसदले विपक्षमा मतदान गरेका छन ।

    लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका थिए । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । एमाले संसदीय दलको बैठकमा संसदमा विश्वासको मत लिने र संविधानको धारा १६८ को ३ बमोजिम सरकार गठनको लागी पहल लिने बारेमा समेत छलफल गरेको छ । नेपाली कांग्रेस लगायत ८ राजनीतिदलले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठन हुनुपर्ने दावी गर्दै आएको छ ।