२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा केसी निर्वाचित

आइतवार , बैशाख १०, २०८०

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • अर्घाखाँची, १० वैशाख ।
    राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको अध्यक्षमा थम्मन केसी निर्वाचित भएका छन् । सदरमुकाम सन्धिखर्कमा यही वैशाख ८ र ९ गते सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको हो । 

    सन्धिखर्कमा आइतबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार अधिवेशनले जिल्ला सचिवमा बाबुराम पन्थी सुनारलाई निर्वाचित गरेको छ । सुनार भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का निर्वाचित वडाअध्यक्षसमेत हुन् । अधिवेशनको जनमोचाका केन्द्रीय अध्यष चित्रबहादुर केसीले उद्घाटन गरेका थिए ।

    राष्ट्रिय स्वतन्त्र पार्टी बाहेक जिल्लामा क्रियाशील सबै पार्टीलाई आमन्त्रण गरिएको उद्घाटन सत्रमा अध्यक्ष केसीले रवी लामिछाने र स्वतन्त्र पार्टीको चर्को आलोचना गरेका थिए । अध्यक्ष केसीले राष्ट्रियता कमजोर बनिसकेको भन्दै आम जनता सचेत बन्नुपर्ने समेत बताएका थिए ।