२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

एमाले ‘मिसन ग्रासरुट’ : सिद्धार्थनगर–६ मा राष्ट्रिय युवा संघ कमिटी पुर्नगठन

आइतवार , बैशाख १०, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १० वैशाख ।
    नेकपा (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ कमिटीले मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत राष्ट्रिय युवा संघ, नेपालको वडा कमिटी पुर्नगठन गरेको छ । शनिबार बसेको बैठकले सुरज धवलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गरेको हो । कमिटीको उपाध्यक्षमा उमेश कोइरी, सचिवमा धिरज अग्रहरी र उपसचिवमा डा. धर्मनन्दन यादव रहेका छन् ।

    त्यस्तै सदस्यहरुमा सन्दिप गुप्ता, कृष्ण धवल, अजित सहानी, मोनी पासवान, रोहित जैसवाल, विक्रम तिवारी र सागर सहानी रहेका छन् ।

    राष्ट्रिय युवा संघ, सिद्धार्थनगर–६ का अध्यक्ष सुरज धवलको अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलको प्रमुख आतिथ्यता, रुपन्देही जिल्ला सदस्य गोविन्द ज्ञवाली, सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ता, उपाध्यक्ष राम प्रसाद श्रेष्ठ, उपसचिव आनन्द प्रसाद न्यौपानेलगायतको आतिथ्यता तथा वडा कमिटी सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।