२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन

बुधवार , बैशाख ६, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौ‌ं । प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद बैठक निष्कर्षविहीन भएको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको हो । बैठकपछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिए । उनले अर्को बैठकबाट प्रधानन्यायाधीश नियुक्तिबारे निर्णय हुने जानकारी दिए ।

    त्यस्तै उपप्रधान, रक्षा एवं कानूनमन्त्री पूर्णबहादुर खड्काले प्रधानन्यायाधिश सिफारिस गर्ने एजेण्डामाथि छलफल भएको र बैठक स्थगीत भएको बताए । 

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री खड्का र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी थिए । केहि दिन अघि एमाले अध्यक्ष ओली निवास बालकोटमा शीर्ष तहबीच संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने सहमति भएको थियो ।