
बुधवार , बैशाख ६, २०८०
सुर्खेत, ६ वैशाख ।
नेपाली कांग्रेस औपचारिक रुपमा पहिलोपटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारबाट नेकपा एमाले बाहिरिएपछि कांग्रेसले सहभागिता जनाउन लागेको हो ।
जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलबार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो ।
कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । सो नयाँ जिम्मेवारीका लागि आज तीनैजना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथग्रहण गराउँदैछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij