२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उर्जामन्त्री बस्नेत र सांसद् बोहराबीच भेटघाट

मंगलवार , बैशाख ५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ५ वैशाख ।
    उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य (सांसद्) तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराबीच भेटघाट भएको छ ।

    उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा मंगलबार भएको भेटघाटमा रुपन्देहीको उर्जा, सिचाई र तटबन्धनलगायत विकासबारे छलफल भएको राप्रपाका युवा नेता तथा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सदस्य सचिव निराजन बमले बताए ।

    भेटघाट तथा छलफलमा राप्रपा युवा नेता निराजन बम, प्रज्जवल बोहरालगायतको सहभागीता रहेको थियो । पूर्वमन्त्री समेत रहेका दीपक बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद् हुन् ।