२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

अडियो सार्वजनिक गर्नु पार्टीविरुद्धको षड्यन्त्र हो : ढाकाकुमार श्रेष्ठ

बुधवार , चैत्र २९, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले आफू जोडिएको अडिओ सार्वजनिक गर्नु पार्टीविरूद्धको षड्यन्त्र रहेको बताएका छन् ।

    बुधबार पत्रकार सम्मेलन गरेर उनले उपनिर्वाचनमा आफ्नो पार्टीलाई हराउन षड्यन्त्र स्वरूप आफ्नो अडियो सार्वजनिक गरिएको आरोप लगाएका छन् । उक्त अडियोमा सत्यता नरहेको जिकीर गर्दै उनले आफू र पार्टीबिरुद्ध अडिओ इडिटिङ गरेर बनाएको आरोप लगाए ।

    फसाउने गरि गत जनवरी, फेब्रुअरीमा भएको अडिओ अहिले ल्याएर हाल्नु हाम्रो पार्टीबिरुद्ध गररिएको प्रहार रहेको उनको भनाइ छ ।

    यस विषयमा आफू न्यायलयमा गइसकेको र क्लिनचिट लिएर आउने उनको  दाबी छ ।