२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

नेकपा (एस) मर्चवारी–३ को भेला, अध्यक्षमा विश्वकर्मा

बुधवार , चैत्र २९, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, २९ चैत ।
    नेकपा (एकीकृत समाजवादी) ले रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर ३ मा वडा भेला सम्पन्न गरेको छ । पार्टीको संगठन सुदृढीकरण अभियान–२०७९ अन्तर्गत बुधबार मर्चवारी–३ मा वडा भेला गरिएको एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं सिद्धार्थनगर इञ्चार्ज तारापति भण्डारीले जानकारी दिए ।

    भेलाले वीरेन्द्रकुमार विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी गठन गरेको भण्डारीले बताए । वडा भेलाको अवसरमा नेकपा एमाले परित्याग गरी २० जना एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीले जनाएको छ ।

    भेलामा बोल्दै एकीकृत समाजवादीका केन्द्रिय कमिटी सदस्य बाबुलाल यादवले संगठन बलियो बनाउँदै लगे आगामी निर्वाचनमा पार्टी ठूलो शक्ति बन्ने बताए । उनले पार्टीको नीति, सिद्धान्त र विचार अन्य पार्टीको भन्दा राम्रो भएको जनाउँदै सबै मर्चवारबासीलाई एकीकृत समाजवादीमा गोलबद्ध भएर समाज र मुलुक बनाउने अभियानमा लाग्न आग्रह गरे । उनले राजनीतिक दृष्टिकोण, मुलुक बनाउने एजेण्डा, इमान्दार तथा स्वच्छ छवि र बौद्धिक जमातका नेता तथा कार्यकर्ता भएको पार्टी एकीकृत समाजवादी भएको जनाउँदै सबै नागरिकलाई समाजवादीमा आएर अघि बढ्न आग्रह गरे । 

    पार्टी प्रदेश कमिटी सदस्य कमल भण्डारी र आनन्दप्रसाद गुप्ता, जिल्ला सचिवालय सदस्य भण्डारी लगायतले बोल्दै पार्टीको धारणा, आगामी रणनीति, कार्यदिशाकाबारे बताउँदै सबै कार्यकर्ता एकजुट भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए । उनीहरुले समाजवादीको एजेण्डामा मुलुक अघि बढिरहेको जनाउँदै आउँदा दिनमा पार्टी विशाल भएर जनभावनाअनुसार मुलुक बनाउने बताए ।

    नवनिर्वाचित वडा कमिटी अध्यक्ष विश्वकर्माले एकीकृत समाजवादीको नीति, सिद्धान्त र विचार राम्रो लागेर आफू सक्रियरुपमा पार्टी निर्माणमा लागेको जनाए । उनले आमजनताको भावना बुझ्ने नेताहरु पार्टीमा भएकाले आगामी दिनमा मर्चवारका सबै वडा तथा टोल कमिटीहरु बनाएर सबै नागरिकलाई समाजवादीमा एकताबद्ध गराइने जनाए । उनले सबै सदस्यहरुको साथ लिएर पार्टीलाई मजबुत बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।