
सोमवार , चैत्र २७, २०७९
काठमाडौं, २७ चैत ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सोमबार (आज) उदघाटन हुँदैछ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेशन २७–२९ गतेसम्म जारी रहनेछ ।
नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागीता रहने संघका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इञ्चार्ज सुमन पुरीले जानकारी दिए । उनकाअनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij