२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

दलहरूको चुनाव चिन्हले मान्छे छुन सकेन : रवि लामिछाने

आइतवार , चैत्र २६, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बारा, २६ चैत ।
    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थापीत भनिएका पार्टीको झण्डा, नाम, चुनाव चिन्ह गाउँ–गाउँसम्म पुगे पनि पार्टीको नारा विचार सिद्धान्तले गाउँको समस्या अंकमाल गर्न नसकेको बताएका छन् ।

    आइतबार बारा क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्न आएका सभापति लामिछाने सिमरामा आयोजित पत्रकार सम्मेलनमा पार्टीहरु देश भात्र नभई विदेश फैलिए पनि त्यस्ता पार्टीहरुले आम मान्छेलाई छुन नसेके पछि आफूहरू उपस्थित भएको बताए ।

    सभापति लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिलाई शुुद्धीकरण गर्दै अगाडी बढ्ने अभियानमा आफ्नों पार्टी रहेकोले समाजमा स्थापित राजनीति दलको उद्देश्य जनताप्रति उत्तरदायी नबन्दा राजनीति गलत व्याख्याको शिकार भएकोले बताए । घण्टी बजाएर थालिएको राजनीतिक विद्रोह मुलुकलाई ट्रयाकमा ल्याउन युवाहरुको विद्रोह भएकोले घण्टीको पवित्रता नै भरोसाको आधार रहेको नेपाली समाजले बुझेको लामिछानेले बताए ।

    एकफरक प्रसंगमा लामीछानेले राजनीतीक दलहरुले आफूभित्रको आन्तरिक लोकतन्त्रलाई महत्व नदिइ कार्यकर्ताले बलियो बनाएको क्षेत्रमा नेताले आफू निकट टिकेलाई उम्मेदवार पठाउने र दल मिलेर जिताउने सिण्डिकेट बनाएकोप्रति जनता सचेत बन्नुपर्ने बताए ।

    मधेसी नेताहरुले यहाँका मुद्दालाई प्रचार गर्ने र भजाउने आधार बनाउँदै आएको स्थानीयले बुझिसकेकले अब मधेशी जनता कसैले झुक्याउन नसक्ने बताउँदै लामिछानेले उपनिर्वाचनको तीनै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी बलियो रहेको जानकारी गराए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्दा बारा निर्वाचन क्षेत्र नम्बर २ को विकासको लागि काम गर्ने भएकाले उम्मेदवार स्थानीय हुनु वा बाहिरको हुनुले खास फरक नपर्ने लामिछानेको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारा क्षेत्र नम्बर २ मा चुनावी सभा आयोजना गरेको छ । चुनावी सभामा भाग लिन सो पार्टीका सभापतिसहित केन्द्रीय स्तरमा नेताहरू बारा आइपुगेका हुन् ।