२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रिय युवा संघको महाधिवेशन तयारी अन्तिम चरणमा

शुक्रवार , चैत्र २४, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • रुपन्देही, २४ चैत । 
    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ। नेपालको नवौं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । 

    बाँकेको नेपालगञ्जमा चैत २७ देखि २९ गतेसम्म हुने महाधिवेशनका लागि सचिवालय गठन गरेर तयारीका कामहरु प्रचारप्रसार, अतिथिहरुलाई आमन्त्रणका लागि पत्राचार, मञ्च व्यवस्थापन, खाना र आवास व्यवस्थापन, आर्थिक संकलनलगायतका कामहरु करिब अन्तिम चरणमा पुगेको राष्ट्रिय युवा संघका लुम्बिनी प्रदेश सह–संयोजक सुरज खरेलले जानकारी दिए । 

    महाधिवेशनमा देशभरबाट २ हजार बढी प्रतिनिधि सहभागी हुँदैछन् । 

    महाधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज सुमन पुरीले बताए । महाधिवेशनलाई हरेक हिसाबले ऐतिहासिक बनाउने पुरीले बताए । 

    उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित दशौं हजार जनता सहभागी बनाउने गरी  तयारी  भएको उनको भनाइ छ ।