२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पसको अध्यक्षमा सागर न्यौपाने 

बुधवार , पौष २२, २०७७

भैरहवा, २२ पुस । 
नेकपा (ओली पक्ष) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) भैरहवा बहुमुखी क्याम्पसको भेलाले सागर न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । 

अनेरास्ववियू भैरहवा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरीको अध्यक्षतामा बुधबार भएको कार्यक्रममा २० औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको नेकपा नगर कमिटी सदस्य तथा विद्यार्थी इञ्चार्ज चक्र बहादुर थापाले बताए । जसको उपाध्यक्षमा सुन्दर केसी, सचिवमा आषिश पन्त, सह–सचिवहरुमा मनोज पन्त, मञ्जु आचार्य, सञ्जय केवट, कोषाध्यक्षमा मनोज पाण्डे, सह–कोषाध्यक्षमा प्रतिक्षा नेपाल, अनुशासन विभाग प्रमुखमा गणेश पोख्रेल, महिला विभाग प्रमुखमा सोनी मगर र मधेशी विद्यार्थी विभाग प्रमुखमा अजय यादव निर्विरोध रुपमा चयन भएका छन् । 

त्यसै गरी सदस्यहरुमा रिया श्रेष्ठ, सलोनी श्रेष्ठ, समीक्षा ठकुरी, रिया विक, धर्मेन्द्र कार्की, प्रतिक नेपाल, विकास पौडेल, सुनिल उपाध्याय, आयशा सुनार, निशान्त खनाल, कृष्णा रावल, विजय रजाली, रामनाथ चौधरी, सुन्दर गौतम, अंकित पोख्रेल, सुरज ज्ञवाली, सुनिल उपाध्याय, रजनी जैसवाल, पूजा यादव र रेखा साहनी गरी ३१ सदस्यीय क्याम्पस कमिटी गठन भएको छ । 
कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटी सदस्य यम पाण्डेले विद्यार्थीहरुको अगुवा संगठन अनेरास्ववियू भएको बताए । नेकपा रुपन्देही जिल्ला कमिटी सदस्य समेत रहेका पाण्डेले राजनीति सुधार्नका लागि नेताहरु जेल नेल बसेको ठूलो तपस्या गरेको संघीयता, धर्म निरपेक्षता ल्याएको बताउँदै अबको पुस्ताले क्याम्पस कमिटी हुँदै राजनीतिलाई नेतृत्व गर्नुपर्ने बताए । भैरहवा बहुमुखी क्याम्पसका अनेरास्ववियूले स्ववियूमा जितेपछि निरन्तर क्याम्पसमा अनेरास्ववियुले नेतृत्व गरी विद्यार्थीहरुको हितका लागि काम गरेकोे बताए ।

कार्यक्रमा विशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियू विद्यार्थी सह–इञ्चार्ज उमा अधिकारीले विद्यार्थीहरुको हक हितका लागि निरन्तर लागिरहने संगठन अनेरास्ववियू सदैव विद्यार्थीहरुको पक्षमा आन्दोलन गरिरहने बताइन् । भैरहवा बहुमुखी क्याम्पसका पूर्व स्ववियु सचिव तथा विद्यार्थी नगर इञ्चार्ज चक्र बहादुर थापाले भैरहवा बहुमुखी क्याम्पसका नयाँ संकाय ल्याउने, विद्यार्थीहरुको मासिक शुल्क कम गर्ने देखि विद्यार्थीहरुको अगुवाई गर्ने संगठन अनेरास्ववियू भएको बताए ।  

कार्यक्रममा अनेरास्ववियू केन्द्रीय कमिटी सदस्यहरु साजन भण्डारी, शेषकान्त पोख्रेल, भीम भण्डारी, पूर्व स्ववियु उपसभापति उमेश थापा मगर, नेकपा नगर कमिटी सदस्य एवं वडा नम्बर १२ का इञ्चार्ज तथा वडा सदस्य कुमार गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।