२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

चिनियाँ कम्युनिस्ट पार्टीको सुशासनः जनविश्वास आर्जनको आधार ‘ठोस कार्यशैली’

मंगलवार , कार्तिक १०, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौँ, १० कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले आर्जन गरेको जनविश्वास उसको सुशासन र कठोर आत्म–अनुशासनको परिणाम भएको टिप्पणी गरिएको छ । चिनियाँ अन्तर्राष्ट्रिय सञ्चार समूहका ब्राजिली विज्ञ राफेल हेनरिक जेर्बेट्टोले सीपीसीको विकासक्रम र जनविश्वासको सम्बन्धबारे चर्चा गर्दै पार्टीको कार्यशैली नै यसको सफलताको मुख्य आधार भएको बताउनु भयो ।

    सीपीसीको स्थापनाकाललाई स्मरण गर्दै विज्ञ जेर्बेट्टो भन्न्ुभयो, ‘सांघाईस्थित एउटा सानो घरबाट शुरु भएको यो यात्रा आज विश्वकै सबैभन्दा ठूलो सत्तारुढ दलसम्म आइपुग्नु पछाडि जनताको विश्वासको ठूलो भुमिका छ । यो कुनै आकस्मिक परिवर्तन नभई निरन्तरको प्रयास हो ।’

    जेर्बेट्टोले यस वर्ष मनाइँदै गरेको ‘लङ मार्च’ को ९०औँ वार्षिकोत्सवको प्रसंग उठाउँदै पार्टीले आफ्नो इतिहासभरि नै जनताको साथ र सहयोग कसरी जुटाएको थियो भन्ने कुरालाई स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लङ मार्चको दौरानमा पार्टीले जनताको विश्वास जित्दै आफूलाई थप सशक्त बनाउँदै लगेको थियो। यसैले गर्दा पार्टीको शासन पद्धतिमा एक किसिमको बलियो जग बसेको हो ।’
    उहाँकाअनुसार सीपीसीको शासन दर्शन केवल कागजी योजना वा आकर्षक भाषणमा आधारित छैन ।

    बरु पार्टीले जनताका सामु प्रश्तुत गरेका उदाहरण र व्यवहारले यसको साख बढाएको छ । जेर्बेट्टो भन्छन्, ‘जनताको विश्वास केवल योजना र वाचाहरूमा मात्र टिकेको हुँदैन, बरु ती वाचाहरू पूरा गर्न लिइएका ठोस कदम र देखाइएका उदाहरणहरूमा निर्भर हुन्छ । सीपीसीले जनताको जीवनस्तर उकास्न गरेका ठोस पहलहरू नै उसप्रतिको विश्वासको मुख्य कडी हुन् ।’

    पार्टीभित्रको कठोर आत्म–अनुशासन र सुशासनको नीतिले गर्दा नै सीपीसीले आफ्ना लक्ष्यहरू प्राप्त गर्न सफल भएको विश्लेषण गरिएको छ । यसले विश्व राजनीतिमा चिनियाँ मोडेलले कसरी जनकेन्द्रित कार्यशैली अपनाइरहेको छ भन्ने कुरालाई उजागर गरेको छ ।