२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ अनिलकुमार सिन्हाको इजलासमा

मंगलवार , चैत्र २१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २१ चैत । 
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध परेको रिटको सुनुवाइ सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ । 

    राहदानी दुरुपयोगसम्बन्धमा लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर गर्दै मुद्दा चलाउनुपर्ने माग राखेर दायर सिटको पहिलो सुनुवाइ मंगलबार हुन लागेको हो । 

    युवराज पौडेल असफलले आइतबार दिएको रिट सोमबार दर्ता भएको थियो । र मंगलबारका लागि पेसी तोकिएको हो । मंगलबार सिन्हाको इजलासमा नवौँ नम्बरमा सुनुवाइ हुने भएको छ ।