२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

बारा–२ मा मेरो उम्मेदवारी पर्दैन, उपेन्द्र यादवलाई समर्थन हुन्छ : राजेन्द्र महतो

आइतवार , चैत्र १९, २०७९

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • काठमाडौं, १९ चैत ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले बारा–२ मा आफ्नो उम्मेदवारी नपर्ने स्पष्ट पारेका छन् । उनले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने जानकारी दिए । 

    ‘बारा–२ मा मेरो उम्मेदवारी पर्दैन,’ उनले न्युज कारखानासँग भने, ‘गठबन्धनले उपेन्द्रजीलाई उम्मेदवार बनाएकाले हाम्रो पार्टीको पनि समर्थन उहाँलाई नै हुन्छ ।’ 

    आगामी १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुँदैछ ।