२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

आइतवार , चैत्र १९, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १९ चैत । प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबबारे जानकारी लिएका छन् ।

    स्वास्थ्यमा समस्या आएपपछि शनिबार राति राष्ट्रपति पौडेल महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

    आइतबार प्रधानमन्त्री प्रचचण्ड अस्पताल पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

    उनका अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई भेटेर सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    पेटको दुखाइका कारण राष्ट्रपति पौडेललाई शनिबार अस्पताल लगिएको थियो । राष्ट्रपतिलाई ग्यास्टिकका कारण पेट दुखेको चिकित्सकहरूले बताएका छन् ।