२०८३, बैशाख ४ गते

Apr 17 2026 | २०८३, बैशाख ४ गते

बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न

मंगलवार , पौष २१, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २१ पुस ।
    प्रत्येक वडामा बीमा सहजकर्ता श्रोत व्यक्ति विकास कार्यक्रम अन्र्तगत बाली तथा पशुपन्छी बीमा अभिकर्ताको आधारभुत तालिम मंगलबार भैरहवामा सम्पन्न भएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ रुपन्देहीको आयोजनामा भएको तालिममा ६० जनाको सहभागिता रहेको थियो । परियोजना कार्यान्वयन इकाइ रुपन्देहीका वरिष्ठ कृषि अधिकृत रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव डा. रेवतीरमण पौडेलले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । प्रमाणपत्र वितरण गर्दै उनले सिकेका कुरा व्यवहारमा उतारेर प्रयोग गर्न सबैमा आग्रह गरे । 

    ३ दिनसम्म चलेको दुई समूहका रुपन्देही र नवलपरासीका सहभागी प्रशिक्षार्थीलाई मुख्य प्रशिक्षक शिवसुन्दर घिमिरे र प्रशिक्षक पुरुषोत्तम रौनियारले प्रशिक्षण दिएका थिए । तालिम लिएका सहभागी प्रशिक्षार्थीलाई बीमा समितिले लाइसेन्स दिनेछ । 

    कृषिमा भएका जोखिम न्युनीकरण गर्नका लागि कृषकलाई बिमा योजना लागू गर्न यो आधार स्तम्भ तालिमले गरेको परियोजनाका वरिष्ठ अधिकृत पाण्डेले बताए । 

    कार्यक्रममा प्रमुख प्रशिक्षक शिवसुन्दर घिमिरे, सिद्धार्थ इन्स्योरेन्सका शाखा प्रमुख गौतम सापकोटा, प्रशिक्षार्थीको तर्फबाट रामनयन लोध, अंजु आचार्य लगायतले बोलेका थिए । जोगेन्द्र कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।