२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

शुक्रवार , चैत्र १७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १७ चैत ।
    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० को उपचुनावको लागि तीनवटा निर्वाचन क्षेत्रमा दावी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

    रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ । उम्मेदवारीका लागि दावी पेश गरिएकाहरूमा तनहुँ–१ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन् । त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दावी पेश गरेका छन् ।

    त्यस्तै बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको दावी परेको छ । चितवन–२ मा भने अध्यक्ष रवि लामिछानेको एकल दावी छ ।

    राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ । यदि एकभन्दा बढी आकांक्षी देखिएको खण्डमा ‘प्राइमरी इलेक्सन’ मार्फत उम्मेदवार टुंगो लगाउने प्रावधान छ । यसमा सम्बन्धित क्षेत्रका पार्टी सदस्यहरुले भोट हाल्छन् ।

    यदि सम्बन्धित निर्वाचन क्षेत्रमा कुल मतदाताको ०.१ प्रतिशतभन्दा कम पार्टी सदस्य रहेको अवस्थामा चाहीँ केन्द्रीय समितिले नै निर्णय गर्न सक्छ ।