२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती

शुक्रवार , चैत्र १७, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, १७ चैत । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् । बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुृक जलाउन चुनौती दिएका हुन् । 

    मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् । 

    तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्य सत्ताको नेतृत्वमा रहेको भन्दै उनले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज)गर्न तयार छन् भन्दै प्रश्न गरेका छन् । 

    बिहीबार ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘तमसुक (मिटरब्याज) व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्य सत्ताको नेतृत्वमा छन् ।  के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक (कागजात) जलाउन (खारेज) गर्न तयार छन् ?’

    newskarkahna-news483670..png