२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

बुधवार , चैत्र १५, २०७९

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • काठमाडौं, १५ चैत ।
    सत्ता गठबन्धन दलमा भागबण्डा मिलेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले भागबण्डा मिलाएको हो । जसअन्तर्गत नेपाली कांग्रेसले ८ मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीसहित ५ मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप १ राज्यमन्त्री पनि पाउने भएको छ । 
    त्यस्तै नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले २/२ मन्त्रालय पाउने भएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले १/१ मन्त्रालय पाएका छन् । त्यस्तै सिके राउतको जनमत पार्टीले १ मन्त्री र राज्यमन्त्री गरी २ पाउने भएका छन् । १ राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।