२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

गठबन्धनको बैठक निष्कर्षविहीन

बुधवार , चैत्र १५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १५ चैत । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन सकेको छैन । मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । 


    मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन । बुधबार अपरान्ह ३ बजे बैठक बस्नेगरी सकिएको छ । 


    बुधबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।