२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमाले सिद्धार्थनगर–६ ले तीव्र पार्‍यो ‘मिसन ग्रासरुट’ अभियान

मंगलवार , चैत्र १४, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, १४ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) वडा कमिटी वडा नम्बर ६, सिद्धार्थनगरले ‘मिसन ग्रासरुट’ (पार्टी सृदृढीकरण तथा विस्तार) अभियानलाई तीव्र पार्दै लगेको छ । एमालेलाई थप बलियो र सुदृढ बनाउने उद्देश्यअनुसार पार्टीले सञ्चालन गरेको अभियानलाई सफल पार्न टोलटोलमा बैठक तथा भेला गरिएको पार्टीका सिद्धार्थनगर–६ कमिटीका अध्यक्ष राम दयाल गुप्ताले बताए ।

    सोही क्रममा सोमबार किशोरपुर–दुर्गा कलोनीमा टोल भेला गरिएको सचिव मदन प्रसाद पौडेलले जानकारी दिए । सुक बहादुर आलेको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको उनले जानकारी दिए । कमिटीको उपाध्यक्षमा पवित्रादेवी पौडेल र सचिवमा शान्ता भण्डारी रहेका छन् । त्यस्तै सदस्यहरुमा सुशिला पौडेल सुवेदी, सीमा तिवारी, बसन्ती पौडेल, गणेश थापा, तुलसी परियार नेपाली, रेनु सिंह, रीता पौडेल र गणेश गोसाई रहेका छन् ।

    कार्यक्रममा बोल्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलले मुलुकको विकासका लागि एमालेले नै जित्नुपर्ने बताए । उनले गठबन्धन र घेराबन्दी गर्न खोजिए पनि एमालेलाई जनताले मन पराएको दावी गरे ।
    पार्टीका रुपन्देही जिल्ला सदस्य गोविन्द ज्ञवालीले आगामी निर्वाचनमा सिद्धार्थनगर–६ मा एमालेको पक्षमा परिणाम आउने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

    एमाले जिल्ला सदस्य तथा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले गुनासाहरु सम्बन्धित ठाउँमा समयमै पुर्याउन आग्रह गरिन् ।

    एमाले सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले गत स्थानीय तहको निर्वाचनमा एमालेले जित्न नसके पनि वडाको विकासका लागि पार्टी निरन्तर लागिपरेको बताए ।

    पार्टीका किशोरपुर–दुर्गा कलोनी टोल कमिटीका अध्यक्ष सुक बहादुर आलेको अध्यक्षता, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्याम खरेलको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–६ का उपसचिव आनन्द न्यौपानेको स्वागत तथा सचिव मदन प्रसाद पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    337158015_239524558454365_7475422477021549868_n.jpg

    कार्यक्रममा बोल्ने स्थानीय कार्यकर्ता र टोलबासीले उद्घाटन भएको झण्डै एक वर्ष हुन लाग्दा समेत सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय सञ्चालनमा आउन नसकेको, वडामा विकास निर्माण कार्यले तीव्रता पाउन नसकेको लगायतका गुनासो गर्नुभएको एमाले सिद्धार्थनगर–६ का उपसचिव आनन्द न्यौपानेले बताए ।उनले वडामा ‘मिसन ग्रासरुट’ अभियानलाई तीव्र पार्दै लगिएको बताए ।