
मंगलवार , चैत्र १४, २०७९
काठमाडौं, १४ चैत ।
सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफलपछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन् ।
आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद् विस्तारका बारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij