२०८३, बैशाख १८ गते

May 01 2026 | २०८३, बैशाख १८ गते

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार

मंगलवार , चैत्र १४, २०७९

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, १४ चैत । 
    नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबारका लागि सरेको हो । 

    नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ, मुख्य सचिव कृष्णप्रसाद पौडेलले भनेका छन’, ’उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

    कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन् ।

    सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि क–कसलाई मन्त्री बनाउने टुंगो गरी नसकेको अवस्थामा कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । यसअघि बसेको कार्यसम्पादन समिति बैठकले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी र समानुपातिक सिद्धान्तका आधारमा मन्त्री छान्ने मापदण्ड बनाएअनुसार आज सम्भावित मन्त्रीहरुको नामावलीका बारेमा छलफल हुने जनाइएको थियो ।