२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

आँखा उपचारको लागि विदेश जान पर्दैन  : सभामुख घिमिरे

सोमवार , चैत्र १३, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • १३ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाललाई आखा उपचारको पर्यटन गन्तव्यको रुपमा बिकास गर्न सकिने बताएका छन् ।

    सोमबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको ४५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दृष्टिविहीनता न्यूनीकरणमा नेपालको उपचार विश्वस्तरकै रहेको भन्दै नेपाललाई आखा उपचारको पर्यटन गन्तव्यको रुपमा बिकास गर्न सकिने बताएका छन् ।

    उनले नेपालमा हुने आँखाको उपचारको ९० प्रतिशत उपचार नेत्रज्योति सङ्घका विभिन्न संस्थामार्फत हुने गरेपनि यो विषयको प्रचारप्रसार र विकास हुन नसकेको धारणा राखे । सभामुख घिमिरेले आखाँका समस्याका साथै दृष्टिविहीनता घटाउन सङ्घको भूमिका प्रभावकारी रहेको बताए । 

    नेत्रज्योति सङ्घले २७ आँखा अस्पताल, एक सय ५० भन्दाबढी आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखामार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।