
आइतवार , चैत्र १२, २०७९
काठमाडौं, १२ चैत ।
नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले राष्ट्रपतिलाई सल्लाहकार नचाहिने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने राष्ट्रपतिलाई सल्लाहकार र विज्ञ नचाहिने बताएका हुन् ।
राष्ट्रपतिले सल्लाहकार र विज्ञ राख्ने कानून संशोधन गरेर हटाउनुपर्ने बताउँदै उनले अन्यता राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राखेमा संसदीय प्रणालीलाई कमजोर बनाउने बताए । साथै उनले उपराष्ट्रपतिको काम नै नभएकाले राष्ट्रियसभाको अध्यक्षको अवधि सकिएपछि कानुन संशोधन गरेर उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij