२०८२, कार्तिक २८ गते

Nov 14 2025 | २०८२, कार्तिक २८ गते

लुम्बिनीमा माओवादी र जनमत पार्टी सरकारबाट बाहिरिए

आइतवार , चैत्र १२, २०७९

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • भैरहवा । लुम्बिनी प्रदेशबाट दुई दल बाहिरिएका छन । नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएको हो ।

    नेकपा माओवादीका तीन र जनमतका एक गरि चार जना मन्त्रीले राजिनामा बुझाएका छन् । आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग तोकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाए ।